१८ मंसिर २०७८, शनिबार
गृह बाग्लुङकी कोरोना पोजेटिभ महिलाको दोस्रो परीक्षण नेगेटिभ
बाग्लुङकी कोरोना पोजेटिभ महिलाको दोस्रो परीक्षण नेगेटिभ

बागलुङ । कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको दोश्रो परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आज गरिएको परिक्षणमा उनको नतीजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारि दिएका छन् । अर्की संक्रमित १९ वर्षीया युवतीको भने तेस्रो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ ।

कतार एअरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुमध्ये युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन् । उनीहरुको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए । दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।


Facebook Comments

हरेक खबर खास खबर