१७ मंसिर २०७८, शुक्रबार
गृह महाकाली अस्पतालका भेन्टिलेटरमा दागै दाग
महाकाली अस्पतालका भेन्टिलेटरमा दागै दाग

महेन्द्रनगर । कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पालका लागि पठाएको भेन्टीलेटर पुरानो पठाएपछि प्रदेश सरकारको प्राविधीक टोलिले निरिक्षण गरेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले महाकाली अस्पतालमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामाग्रीको निरीक्षण गरेको हो ।

सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले अस्पतालका लागि खरिद गरिएका उपकरण तथा सामाग्रीहरु पुराना भएको औंल्याउँदै अस्पताललाई प्रतिवेदन बुझाएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि छुट्याएको बजेटबाट अस्पतालको आइसीयू सञ्चालनका लागि भेन्टिलेटर, बल्ड ग्यास एनालाइजर, डिफिब्रिलेटर तथा मोनिटर किनेको थियो ।


सामाजिक विकास मन्त्रालयका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत नेतृत्वको टोलीले ट्रलीबाट ह्विल्ससम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, भेन्टिलेटर २०१५ डिसेम्बरमा बनेको, एक घन्टा ब्याकअप दिने ब्याट्री नभएको, देब्रे पट्टीको भागमा ७/८ सेन्टिमिटर कालो दाग, डिस्प्ले र नोभ फोहर अवस्थामा रहेको, सफ्टवेयर अनुरुप फिलिप्स कम्पनीको भेन्टिलेटर दुई घन्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसन अनुरुप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments

हरेक खबर खास खबर