१८ मंसिर २०७८, शनिबार
गृह डडेल्धुरामा थ्रेसरको पट्टामा बेरिएर एक महिलाको मृत्यु
डडेल्धुरामा थ्रेसरको पट्टामा बेरिएर एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ की ५५ बर्षिय मैना देवी बोहराको मृत्यु भएको हो । बुधबार घाइते भएकी उनको बिहीबार मृत्यु भएको हो । पट्टामा बेरिँदा बोहराको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनलाई उपचारका लागि धनगढीको माया मेटो« अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकपेछि थप उपचारका लागि नेपालगञ्ज लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनक मल्लले जानकारी दिए ।


Facebook Comments

हरेक खबर खास खबर