१८ मंसिर २०७८, शनिबार
गृह एन्टिबडी गर्दा एक जनामा कोरोना पोजेटिभ
एन्टिबडी गर्दा एक जनामा कोरोना पोजेटिभ

मुगु । मुगुमा एक व्यक्तिलाई एन्टिबडी पोजेटिभ देखिएको छ । खत्याड गाउँपालिका ५ का एक जनामा ¥यापिड टेस्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए । उनले सत्याड गाउँपालिमा आज ¥यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको बताए । प्रमुख ज्ञवालीका अनुसार एन्टिबडी पोजेटिभ देखिए पनि कोरोनाको लक्षण भने देखिएको छैन ।

गाउँपालिका अध्यक्ष उब्जनबहादुुर शाहीले पनि एन्डबडी पोजेटिभ देखिएकाको स्वाब परीक्षण हुन अझै केही दिन लाग्ने बताएका छन् । गाउँपालिकाले भोलि पनि आरडीटी टेष्ट गर्ने र कसैमा एन्डीबडी पोजेटिभ देखिए सबैको स्वाब पर्सि मात्रै पठाउने जनाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर