१८ मंसिर २०७८, शनिबार
गृह ५ बैशाख २०७७ शुुक्रबारको राशिफल
५ बैशाख २०७७ शुुक्रबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रोकिएको काम सम्पादन बन्नेछन् भने जिम्मेवारी बढ्न सक्छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ ।


मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम पटक–पटक दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ । साथीभाइको सहयोगनले काममा हौसला जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् । मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
काममा अलमल हुनेछ भने प्रतीक्षित नतिजा कमजोर देखापर्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि अस्वस्थताले काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । खर्च लागे पनि लामो यात्रा सम्भावना छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ ।

Facebook Comments

हरेक खबर खास खबर