१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना सम्बन्धी बिमालेख जारी गर्न निर्देशन
कोरोना सम्बन्धी बिमालेख जारी गर्न निर्देशन

काठमाडौं । बिमा समितिले कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्न निर्जीवन बिमा कम्पनीलाई निर्देशन दिएको छ ।हाल घातक रोगको बिमालेख गरेअनुसार नै कोरोना भाइरससम्बन्धी बिमालेख पनि जारी गर्न निर्देशन दिइएको छ । कोरोना भाइरसका कारण विश्वभरका अधिकाँस मुलुक प्रत्यक्ष प्रभावित भइरहेका बेला नेपालमा कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न यस्तो बिमालेख आवश्यक भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

ग्रामीण स्तरसम्म न्यून आय भएका समुदायलाई समावेश गर्ने गरी बिमालेख जारी गर्न निर्देशन दिएको हो । यस्तो बिमाका लागि दुई श्रेणीको बिमांक निर्धारण गरिएको समितिले जनाएको छ । ‘क’ श्रेणी अन्तर्गत १ लाख रुपैयाँको बिमांक हुनेछ । यस्तो बिमाका लागि व्यक्तिगत तवरमा बिमा गर्नेले १ हजार रुपैयाँ बिमाशुल्क कायम गरिएको छ । तर, परिवारका सम्पूर्ण सदस्यको समेत एकमुष्ठ बिमा गर्ने अवस्थामा भने प्रतिव्यक्ति बिमा शुल्क ६ सय रुपैयाँ तोकिएको छ ।


‘ख’ श्रेणी अन्तर्गत व्यक्तिगत रुपमा बिमा गर्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारसहितको बिमामा प्रतिव्यक्ति ३ सय रुपैयाँ बिमाशुल्क तिर्नुपर्छ। बिमा गरेको १६ दिनपछि दाबी गर्न सकिन्छ। पोलिमेरास चेन रियाक्सन (पीसीआर) परीक्षणबाट रोग संक्रमण भएको पुस्टि हुनासाथ दाबी गर्न योग्य हुने बिमा समितिले जनाएको छ । अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ । 

Facebook Comments

हरेक खबर खास खबर