१८ मंसिर २०७८, शनिबार
गृह लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुट
लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुट

स्याङ्जा । स्याङ्जाका जननिर्वाचीत प्रतिनिधिबीच झडप भएको छ । झडापमा परि वडाध्यक्ष अनन्तराज गोह्रौको हात भाँचिएको छ । जिल्लाको गल्याङ नगरपालिका–८ स्थित एक कटेजमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले र वालिङ नगरपालिका १० का अध्यक्ष अनन्तराज गैह्रैबीच कुटपिट भएको बताइएको छ ।

बुधबार साँझ ८ बजे कुटाकुटा हुँदा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ । उनको हाल पोखरास्थित फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीकोमा अध्यक्ष गैह्रेकोतर्फको उजुरी परेको छ ।


घटनामा संलग्न भनिएका उप–प्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वाचित हुन् । उनीहरु साविक नेकपा एमालेका उम्मेदवार थिए । वडा सदस्यमा निर्वाचित बगाले जिल्ला समन्वय समिति स्याङजाको उप–प्रमुखमा निर्वाचित भएका हुन् ।

कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्केका उपप्रमुख बगालेलाई अध्यक्ष गैह्रेले सरकारी गाडी दुरुपयोग गरेको आरोप लगाएपछि कुटाकुट भएको हो ।

Facebook Comments

हरेक खबर खास खबर