१८ मंसिर २०७८, शनिबार
गृह महाकाली अस्पतालका स्वास्थ्य उपकरण खरिदका कागजात अख्तियारको नियन्त्रणमा
महाकाली अस्पतालका स्वास्थ्य उपकरण खरिदका कागजात अख्तियारको नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालको स्वास्थ्य उपकरण खरिदसम्बन्धी कागजात अख्तियार दुरुपयोग अनुन्धान आयोगले नियन्त्रणमा लिएको छ । अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सञ्चालनका लागि खरिद गरेका स्वास्थ्य उपकरणहरूबारे जनगुनासो बढेपछि अख्तियारले स्वास्थ्य उपकरण खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको हो । अख्तियारको कार्यालय कञ्चनपुर स्रोतले अस्पतालबाट स्वास्थ्य उपकरण खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।अख्तियारको कार्यालय कञ्चनपुरका प्रमुख बाबुराम खतिवडाले पनि कागजात नियन्त्रणमा लिएको स्वीकार गरे ।

अस्पतालले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबट प्राप्त एक करोडबाट आईसीयू सञ्चालनका लागि भेन्टिलेटरसहितका पाँच उपकरण खरिद प्रक्रिया अघि बढाएको थियो । सोही बजेटबाट अस्पतालले भेन्टिलेटरसहितका उपकरण खरिदका लागि सातदिने सूचना जारी गरेको थियो । आरजी सप्लायर्स प्रा.लि. काठमाडौंले उपकरण खरिदको जिम्मेवारी पाएको थियो । उक्त सप्लायर्सले अस्पताललाई विभिन्न पाँच स्वास्थ्य उपकरणमध्ये भेन्टिलेटर यसअघि नै प्रयोगमा ल्याइएको पाइएको दाबी गरिएको छ ।


सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले भेन्टिलेटर २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्विलसम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रेपट्टिको भागमा ७/८ सेन्टिमिटर कालो दाग देखिएको, एक घण्टा ब्याकअप दिने ब्याट्री नभएको, डिस्प्ले र नोव फोहर अवस्थामा रहेको, सफ्टवेयरअनुरूप दुई घण्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसनअनुरूप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको पाइएको जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर