१७ मंसिर २०७८, शुक्रबार
गृह ७ जुवाडे पक्राउ
७ जुवाडे पक्राउ

बर्दिया । बर्दियामा ५ लाख ६० हजार ९० रुपैयाँसहित ७ जना जुवाडेलाइ प्रहरीले पक्राउ गरेको छ । बासगढी नगरपालिका–५ स्थित अतिथि होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा जिल्लाको बासगढी नगरपालिका–५ बस्ने ५७ वर्षीय सुरेश रेग्मी, ५५ वर्षीय सोधे विष्ट, ४८ वर्षीय नरबहादुर वली, बढैयाताल गाउँपालिका–७ बस्ने ५१ वर्षीय श्रीकृष्ण गिरी, बाँके कोहलपुर नगरपालिका–१० घर भएका ३८ वर्षीय पुरन गिरी, कोहलपुर नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम कुँवर र कोहलपुर नगरपालिका–११ बस्ने २८ वर्षीय शिसिर गिरी रहेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर