१८ मंसिर २०७८, शनिबार
गृह अलपत्र परेकालाइ प्रदेश ५ ले गन्तब्यसम्म पुर्याइदिने
अलपत्र परेकालाइ प्रदेश ५ ले गन्तब्यसम्म पुर्याइदिने

काठमाडौं । प्रदेश ५ सरकारले विभिन्न ठाउँबाट घर जान भनी प्रदेश ५ को सीमाभित्र प्रवेश गरेका नागरिकलाई खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म र्पुयाइदिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले आजै सुरक्षा निकाय र स्थानीय तहहरुलाई पूर्वतिरबाट राजमार्ग हुँदै प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिएका छन् ।

प्रदेश सकारले आजदेखि नै पूर्वबाट आएका नागरिकलाई बस्न र खानका लागि बर्दघाटमा व्यवस्था मिलाएको छ । शुरुमा १ सय जनाको लागि व्यवस्था गरिएकोमा मानिसको संख्या हेरेर बढाउन समेत स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । विभिन्न ठाउँबाट हिडेर त्यहाँ पुगेकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि सबैको विवरण लिएर जो जुन ठाउँमा हुन् उनीहरुलाई प्रदेशभित्रका स्थानीय तहसँग समन्वय गरी गन्तव्यसम्म र्पुयाउन पनि प्रदेश सरकारले नै समन्वय गर्नेछ ।


Facebook Comments

हरेक खबर खास खबर