१७ मंसिर २०७८, शुक्रबार
गृह राहत वितरण गर्दा झडप, एक प्रहरी सहित २ घाइते
राहत वितरण गर्दा झडप, एक प्रहरी सहित २ घाइते

पर्सा । पर्साको छिपहरमाई गाउँपालिका ३ झलमहियामा राहत वितरण गर्ने क्रममा झडप हुँदा एक प्रहरीसहित दुईजना घाइते भएका छन् । अति विपन्न परिवारलाई शुक्रबार राहत वितरण गर्ने क्रममा झडप हुँदा गाउँपालिकाका प्रहरी बिनोद साह कानु र स्थानिय चन्द्रिका साह कानु घाइते भएको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।

घाइतेमध्ये चन्द्रिकाको टाउकोमा प्रहरी जवान विनोदको घाँटीमा गम्भीर चोट लागेको छ । घाइते विनोदको भिस्वाको स्वास्थ्य संस्थामा र चन्द्रिकाको गाउँकै स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । स्थानीयका अनुसार, वडा नम्बर ३ झलमहीया गाउँमा लकडाउनका कारण समस्यामा परेका २ सय २५ परिवारको सूची सर्वदलीय समितिले तयार पारेको थियो ।


तर सर्वदलीय टोलीले आज १ सय २५ परिवारको मात्रै नामावली लिएर गाउँमा पुगेपछि त्यहि विषयलाई लिएर सुरु विवादले झडपको रुप लिएको हो । झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान समेत भएको प्रहरीले जनाएको छ । स्थिती अहिले नियन्त्रणमा रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर