१७ मंसिर २०७८, शुक्रबार
गृह को को हुन् १४ कोरोना संक्रमित
को को हुन् १४ कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटा चितवनका २ वटा गरी १४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या थप भएको विषयमा फेसबुकमा लेखेको छ- हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय)


अध्यावधिक मिति: २०७७ बैशाख ५ गते

Facebook Comments

हरेक खबर खास खबर