१७ मंसिर २०७८, शुक्रबार
गृह सल्यानमा आरडिटी किट अभाव, कोरोना परिक्षण प्रभावित
सल्यानमा आरडिटी किट अभाव, कोरोना परिक्षण प्रभावित

सल्यान । सल्यानमा कोरोना भाइरस परीक्षणका लागि ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किट अभाव भएको छ । जिल्लाका छ स्थानीय तहमा परीक्षण हुंदा किट सकिएपछि बाँकी स्थानीय तहको परीक्षण स्थगीत भएको छ । प्रदेशले सरकारले पठाएको सबै किट सकिएकाले जिल्लाका चार स्थानीय तहमा कोरोना परीक्षण तत्कालका लागि स्थगीत गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए ।

उनका अनुसार गत चैत १ गतेदेखि भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको ¥यापिड टेष्ट गर्ने कार्यक्रम तय भए पनि किट अभावमा स्थगीत गरिएको हो । अस्पतालले दुई टोली बनाएर जिल्लाका विभिन्न स्थानीय तहमा विदेशबाट आएका व्यक्तिको कोरोना परीक्षण गत बिहीबारदेखि शुरु गरेको थियो ।


शारदा नगरपालिका र बागचौर नगरपालिकामा शनिबार तथा आइतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गर्ने कार्यक्रम तय भएको थियो । तर किट अभाव भएपछि कोरोना सङ्क्रमण परीक्षण प्रभावित भएको छ ।

Facebook Comments

हरेक खबर खास खबर