१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना संक्रमितसँग सम्पर्कमा आएका ११ जनाको पहिचान
कोरोना संक्रमितसँग सम्पर्कमा आएका ११ जनाको पहिचान

चितवन । कोरोना भाइरस (कोभिड–१९) संंक्रमण देखिएका आमाछोराको सम्र्पकमा आएका राप्ति नगरपालिका – ८ का तीन परिवारलाई क्वारेन्टाइनमा राखिने भएको छ ।बेलायतबाट ५ चैतमा फर्किएका आमाछोरामा कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।
नजिकको सम्पर्कमा रहेका तीन परिवारको पहिचान गरिएको जनस्वास्थ्य प्रमुख चितवन दीपकबाबु तिवारीले जनाएका छन । ‘उहाँहरु ११ जना हुनुहुन्छ’ उनले भनेका छन ‘आज आरडीटी चेक गर्छौ र, क्वारेन्टाइनमा राख्छौं ।’ सम्पर्कमा आएको २० दिन पुरा नभएकाहरुलाई क्वारेन्टाइनमा राखिने उनले बताए ।

Facebook Comments

हरेक खबर खास खबर