१७ मंसिर २०७८, शुक्रबार
गृह दश वर्षपछि नासाले अन्तरिक्षमा मानव पठाउँदै
दश वर्षपछि नासाले अन्तरिक्षमा मानव पठाउँदै

अमेरिका । अमेरिकी अन्तरिक्ष संस्था नासाले आगामी महिना अमेरिकी भूमिबाट दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने भएको छ । बीबीका अनुसार फ्लोरिडाको केनिडी अन्तरिक्ष केन्द्रबाट मे २७ मा नासाले दुई अन्तरिक्ष यात्री इन्टरनेसनल स्पेस स्टेसनमा पठाउने भएको हो ।
नासाले १० वर्षमा पहिलोपटक अमेरिकाबाट मानवसहितको अभियान संचालन गर्न लागेको हो ।अमेरिकी स्पेस सटल सेवानिवृत्त भएपछि अन्तरिक्षमा मानव अभियानको लागि सन २०११ यता अमेरिकाले रुसी रकेटको प्रयोग गर्दै आएको थियो । हाल नासाले अमेरिकाबाट अमेरिकी रकेटमै मानिसलाई अन्तरिक्षमा पठाउन लागेको हो । एपोल्लो र सटल मिसन प्रक्षेपण भएकै अन्तरिक्ष केन्द्र प्याड ३९ए बाट स्पेसएक्सको द फाल्कन नाइन रकेट र क्र्यु ड्र्यागन अन्तरिक्ष यान प्रक्षेपण हुनेछन्। ।
नासाको यस अभियानमा अन्तरिक्ष यात्रीहरु बब बेनकेन र डग हर्ली समावेश हुनेछन्। । हाल इन्टरनेसनल स्पेस स्टेसनमा एक अमेरिकी र दुई रुसी अन्तरिक्ष यात्री पहिल्यैदेखि छन्। । २४ घण्टामा नासाका अन्तरिक्ष यात्री स्पेस स्टेसन पुग्ने बताइएको छ ।

Facebook Comments

हरेक खबर खास खबर