१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोनाको महामारि बढ्दो, निको भएकाहरुलाई पनि पुन कोरोना संक्रमण देखियो,
कोरोनाको महामारि बढ्दो, निको भएकाहरुलाई पनि पुन कोरोना संक्रमण देखियो,

काठमाडौं । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) काअनुसार निको भइसकेका १६३ जनामा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सथै तथ्यांक चीनमा पनि देखिएको छ । कोरोना भाइरस पुष्टि भई उपचार पछि निको भएका केहीमा पुनः संक्रमण देखिएको छ । यद्यपि आधिकारिक रुपमा भने चीनले यसको तथ्यांक सार्वजनिक गरेको छैन ।
दक्षिण कोरियाका स्वास्थ्यकर्र्मीहरु अहिले एक रहस्य समाधान गर्ने प्रयासमा छन ।

त्यसो भए के कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएर निको भइसकेकाहरुमा फेरि संक्रमण देखिन सक्छ ? अहिले यो प्रश्न धेरैको चासोको विषय बन्न पुगेको छ । दक्षिण कोरियामा पुनः संक्रमित हुनेको संख्या निकै कम छ । अहिलेसम्म सात हजार ८२९ जना संक्रमित निको भएकोमा दुई दशमलव १ प्रतिशतमा पुनः संक्रमण देखिएको छ । र, यसरी संक्रमित भएका ४४ प्रतिशतमा सामान्य संक्रमण देखिएको छ ।
केसीडीसीका निर्देशक क्वोन जून वूक अहिलेसम्म यसरी निको भएर पुनः संक्रमण देखिएका मानिसमा कसरी संक्रमण देखिएको हो भन्ने कुरा स्पष्ट नभएको बताउँछन । अझै पनि वैज्ञानिकहरुले कोरोना भाइरसको विषयमा प्रतिरोधी क्षमतासँग सम्बन्धित लगायतका धेरै विषय पत्ता लगाउन सकेका छैनन ।


Facebook Comments

हरेक खबर खास खबर