१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोनाका दोश्रो संक्रमित डिस्चार्ज भएसंगै प्रधानमन्त्रिले स्वास्थ्यकर्मीलाइ दिए वधाइ
कोरोनाका दोश्रो संक्रमित डिस्चार्ज भएसंगै प्रधानमन्त्रिले स्वास्थ्यकर्मीलाइ दिए वधाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई दिएका छन् । आज कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामीको डिस्चार्ज भएको खबर थाहा पाए लगत्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन् । ओलीले ट्वीटरमार्फत् डिस्चार्ज भएकी बिरामीको आरोग्यताको कामना गर्दै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।

दोस्रो कोरोना संक्रमित युवती कोरोनासँगको २७ दिन लामो लडाईंलाई जितेर आज घर फर्किएकी छन् । डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किने उनी दोस्रो व्यक्ति हुन्। यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकको डिस्चार्ज भएको थियो। अहिलेसम्म नेपालमा ३० जनामा कोरोना पुष्टि भएको छ। शनिबार डिस्चार्ज भएकी युवतीमा चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। उनी पूर्ण निको भएर डिस्चार्ज भएकी हुन्। उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन्।


Facebook Comments

हरेक खबर खास खबर