१७ मंसिर २०७८, शुक्रबार
गृह ८ हजार लिटर पेट्रोलमा चालकले मिसाए ५ सय लिटर पानी
८ हजार लिटर पेट्रोलमा चालकले मिसाए ५ सय लिटर पानी

काठमाडौं । इन्धन ढुवानी गर्ने ट्याङकर चालकले पेट्रोलमा पानी मिसावट गरिएको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार आएको ना ४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको हो ।

ट्याङकर शुक्रबार बसुन्धारास्थित प्रहरीको महालक्ष्मी आयल स्टोरमा पुर्‍याइएको थियो । पेट्रोलमा पानी मिसावट गरेको पाइएपछि प्रहरीले चालकलाई प्रक्राउ गरेर मुद्दा चलाउन सम्बन्धित निकायलाई पत्रचार गरिसकेको छ । प्रहरीले उक्त पेट्रोल शनिबार बिहान परीक्षण गर्दा पानी मिसावट गरेको पाइएको थानकोट डिपो प्रमुख प्रदिप यादवले भने जानकारि दिएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर