१८ मंसिर २०७८, शनिबार
गृह डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै
डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै

काठमाडाैं। अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । राष्ट्रपति ट्रम्पका समर्थक भनिने उनीहरुले लकडाउनबाट अर्थतन्त्रमा असर परेको भन्दै प्रदर्शन गरेका हुन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौंको भीडले राज्यमा लगाइएको लकडाउन अन्त्य गर्न माग गरे ।

यसअघि उनीहरु बन्दुक नै बोकेर देशका विभिन्न भागमा प्रदर्शनमा उत्रिएका थिए । डेमोक्रेटहरुको सरकार रहेका राज्यहरुमा यस्ता प्रदर्शन गर्न राष्ट्रपति ट्रम्पले नै प्रदर्शनकारीलाई हौस्याएको बताइएको छ । स्वास्थ्य विज्ञहरुले अहिले नै लकडाउन खुकुलो गर्ने वा खोलने हो भने संक्रमण फैलिएर जोखिम झनै बढ्ने चेतावनी दिइरहेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर