१८ मंसिर २०७८, शनिबार
गृह बङ्गलादेशी नागरिक बोकेर ढाका उड्यो नेपाल एअरलाइन्स
बङ्गलादेशी नागरिक बोकेर ढाका उड्यो नेपाल एअरलाइन्स

काठमाण्डौ । बङ्गलादेशका नागरिक बोकेर नेपाल एअरलाइन्स बङ्गलादेशको ढाका गएको छ । न्यारोबडी जहाज सवा १० बजे नेपालमा रहेका १८ जना बङ्गलादेशी नागरिक बोकेर ढाकाको लागि उडेको हो । नेपालमा रहेको बङ्गलादेशको दूतावासले जहाज चार्टर्ड गरेको हो ।
जहाज आइतबार दिउँसो २ बजे नेपाल आउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्न थालेपछि विभिन्न देशले जहाज चार्टर्ड गर्दै आफ्ना नागरिक लैजान थालेका छन्। ।
शनिबार मात्रै भुटानले दुई जनाका लागि जहाज चार्टर्ड गरेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर