१७ मंसिर २०७८, शुक्रबार
गृह मलामी जाँदा बेपत्ता युवकको दुई दिनपछि कर्णाली नदिमा शव भेटियो
मलामी जाँदा बेपत्ता युवकको दुई दिनपछि कर्णाली नदिमा शव भेटियो

कैलाली । कर्णाली नदीमा वेपत्ता भएका एक युवकको शव आइतबार बिहान फेला परेको छ । टीकापुर नगरपालिका वडा १ का ३० वर्षका बादल ठकुल्ला नुहाउने क्रममा नदीमा वेपत्ता भएका थिए । उनको शव २ दिनपछि प्रहरीले फेला पारेको हो ।
वैशाख ५ गते मलामी गएका बेला उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । उनका अनुसार नुहाउने क्रममा डुबेर वेपत्ता भएका ठकुल्लाको शव करिब १० किलोमिटर तल भेटिएको हो ।

Facebook Comments

हरेक खबर खास खबर