१७ मंसिर २०७८, शुक्रबार
गृह ” मजदुरको आँसुले सत्ताको घडा नभरियोस”
” मजदुरको आँसुले सत्ताको घडा नभरियोस”

काठमाडाैं । बसाइँ हिड्ने ताती ले बस्ने को मन रुदैछ , लाखौं का लागि उजाड छ यो देश ,मुठ्ठी भरलाई त स्वर्ग छ । लव प्रधान ले लेखेको यो गितमा मजदुर को व्यथा छ । अहिले संविधान मा गणतन्त्र छ ,सर्वाहारावाद नेतृत्व को सरकार । तर सोलुखुम्बु देखि कैलाली सम्म हिड्ने मजदुर को ताती छ , काठमाडौ बाट नागढुङ्गा पार गर्ने को ताती छ ।सिमापारी बाट देश हेरेर धार्चुला मा थुनिएका !सुनौली देखि झुला घाट सम्म रोकिएका , खाडी देखि समुद्रपारी सम्म थुनिएका ।भोक ,प्यास नभनी झरी मा रुझ्दै घर पुगिने आशा ले ।

मजदुर दाजुभाइ हरु सरकार र अभिभावकविहिन महसुस गरिरहेका छ्न । त्यसैले सरकार, यहिबेला हो राज्यबाट साथ र सहयोग नेतृत्व को आवश्यक छ । हामिले राम्रा कामहरू बारे बोल्नै नमिल्ने गरि राज्यहिनता,अबिभावकविहिनता ,नेतृत्वविहिनता सडक मा छचल्कियो । लकडाउन र सरकार को निर्देशन लाई बेठिक कहिल्यै भनेनन् । भोको मान्छे रोटि खोज्न घर बाहिर निस्कियो अनि बेसाहारा मजदुर अपनत्व खोज्न सुदुर गाउँ सोझिएका छ्न । तिनीहरु लाई बेवास्ता नगरौ ,सकेसम्म घर पुगाइदिने व्यवस्था गरौ । अनि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम ले उनीहरुको खाना र बाँस को व्यवस्था गरौ ।


गाउँ जान चाहनेहरु लाई सुरक्षा मापदण्ड सहित प्रहरी र नागरिक सस्थाहरु को भरपर्दो सहयोगमा यातायात मार्फत पठाउ । मन्त्री ज्यु ,३० हजार भन्दा बढीलाई राख्न मिल्ने क्वारेन्टाइन छ भनेका थियौ । तपाईं हरु मा कार्यविभाजन पनि भएको थियो रे ,विभिन्न क्षेत्र का लागि समस्या सहेर होइन सार्बजनिक गरेर ,मौन भएर नबसौ । भोको र असुरक्षित जनताले समुह को बारेमा सोच्दैन ,आफ्नो बारेमा सोच्छ। त्यसैले सरकार मुकदर्शक र असम्बेदनशिल बन्नु अनुचित हुन्छ । बेलैमा ख्याल् गरौ , मजदुर र जनता बचाउ र आफ्नो अस्तित्व पनि बचाउ । लेखन: दिपेन्द्र थलाल “सुनिल ” अनेरास्ववियृ सचिवालय सदस्य ,जिल्ला डडेल्धुरा

Facebook Comments

हरेक खबर खास खबर