२२ मंसिर २०७८, बुधबार
गृह कोरोना भाइरसको अफवाह फैलाएको आरोपमा पक्राउ
कोरोना भाइरसको अफवाह फैलाएको आरोपमा पक्राउ

इलाम । सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना भाइरसबारे अफवाह फैलाएको आरोपमा इलाममा उकजना पक्राउ परेका छन् । जिल्लको फाकफोकथुम गाउँपालिका–७ बस्ने २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बूलाइ पक्राउ गरिएको हो ।

सन्दीपले “इलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमा कोरोनाबारे भ्रमपूर्ण प्रचार गर्ने विरुद्धको कारबाही तिव्र पारेको छ ।


Facebook Comments

हरेक खबर खास खबर