१७ मंसिर २०७८, शुक्रबार
गृह सल्यानका ६ सय बढि मजदुर काठमाडौंमा अलपत्र
सल्यानका ६ सय बढि मजदुर काठमाडौंमा अलपत्र

काठमाडौं । कामको शिलशिलामा काठमाडौंका बिभिन्न इँट्टाभट्टामा कार्यरत सल्यानका ६ सय भन्दा बढी मजदुर अलपत्र परेका छन् । रोजगारीको खोजीमा काठमाडौं पुगेका तीन साता लामो लकडाउनका कारण र इँट्टाभट्टा बन्द भएपछि अलपत्र परेका हुन् । जोहो गरेको खाद्यान्न सकिएपछि घर फर्किनुपर्ने भए पनि जान नसकिएको बनगाड कुपिण्डे नगरपालिकाका सुरेश बुढामगरले बताएका छन् ।

सरस्वती एच इँट्टाभट्टामा काम गर्दै आएका बुढामगरले आफूसँगै ६ सय बढी सल्यानका मानिस रहेको बताए । उनीहरुसँग साना बालबालिका भएकाले हिँडेर जिल्ला जान थप समस्या भएको शारदा नगरपालिका १५ की लीलादेवी कुँवरले बताएकी छन् । उनीहरुले घर फर्कने वातावरण मिलाइदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । बरु जिल्ला फर्किएर क्वारेनटाइनमा बस्न आफूहरु तयार रहको उनले बताएकी छन् ।


काम बन्द भएपछि राहतका लागि चाँगुनारायण नगरपालिकामा जाँदा राहत दिन नसकिने भन्दै रित्तो हात फर्काइदिएको मजदुर आइते पुनले गुनासो समेत गरेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर