१७ मंसिर २०७८, शुक्रबार
गृह माटाको ढिस्कोमा पुरिएर एकको मृत्यु
माटाको ढिस्कोमा पुरिएर एकको मृत्यु

दाङ । दाङमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गढावा गाउँपालिका–७ मानपुरकी १८ बर्षिय शर्मिला परियार रहेकी छिन् । घर लिप्ने माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर घाइते परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार बेलुका ५ बजेतिर घरनजिकै घर लिप्ने माटो खन्न गएकी उनलाई माथिबाट झरेको ढिस्कोले पुरेको थियो । सख्त घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।


Facebook Comments

हरेक खबर खास खबर