२२ मंसिर २०७८, बुधबार
गृह कैलालीका २१ बर्षिय युवाले जिते कोरोनाको लडाँइ
कैलालीका २१ बर्षिय युवाले जिते कोरोनाको लडाँइ

कैलाली । कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस कोभिड–१९ लाई जितेका छन् । १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवक डिस्चार्ज भएका छन् । उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आजै घर पठाउने तयारी गरिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ । चैत ११ गते भारतको मुम्बईबाट नेपाल फर्किएका उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । सेती प्रादेशीक अस्पतालमा पाँच कारोना संक्रमितको उपचार भइरहेको थियो । अब सेतीमा चारजना विरामी उपचाररत छन् ।

हिजो मात्र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला र काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी युवती डिस्चार्ज भएका थिए । यसअघि माघ ९ गते नै एक युवक कोरोनालाई जितेर डिस्चार्ज भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये चारजना उपचारपछि डिस्चार्ज भएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर