१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउन उल्लंघन गर्दै नमाज पढ्ने १४ जना पक्राउ
लकडाउन उल्लंघन गर्दै नमाज पढ्ने १४ जना पक्राउ

काठमाडौं । लकडाउन उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना कपिलवस्तुबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले नमाज पढ्ने १४ जनालाई आइतबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका–७ का स्थानीय हुन । उनिहरु सामुहिक रुपमा दिउसो १ बजे नमाज पेढ्ने क्रममा प्रहरिले प्रकाउ गरेको हो ।
लकडाउनको समयमा मस्जिदमा प्रार्थना नगर्न पटक–पटक निर्देशन दिदा पनि पालना नगरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी दीपशमशेर राणाले जानकारि दिए । एसपी राणाका अनुसार उनीहरूलाई अहिले तौलिहवा वडा प्रहरी कार्यालयमा राखिएको छ । प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर उनीहरूलाई के गर्ने भन्नेबारे निर्णय हुने जनाएको छ ।
कोरोना भाइरसविरुद्ध जोगिन सरकारले लकडाउनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले धार्मिकस्थलमा भीडभाड नगर्न सार्वजनिक अपिल गर्दै आएको छ । प्रशासनको आग्रहपछि पनि मस्जिद, मन्दिरलगायतमा भीडभाड बढेपछि नियन्त्रण प्रयास थालिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर