१८ मंसिर २०७८, शनिबार
गृह मिडिया र जनताको आवाजले ममाथिको कारबाही रोकियो -डा.पुन
मिडिया र जनताको आवाजले ममाथिको कारबाही रोकियो -डा.पुन
काठमाडाैं । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले मिडिया र जनताको आवाजले आफूलाई कारबाही गर्नबाट सरकार पछि हटेको बताएका छन् । स्वास्थ्य मन्त्रालयबाट आफूलाई चिठी लेख्नेदेखि धम्की दिनेसम्मका काम भएका तर मिडियाकै कारण ती सबैबाट मन्त्रालय ब्याक भएको उनले बताएका छन् ।
‘धेरै मिडियाले मलाई साथ दिनुभयो। शेरबहादुर पुनलाई व्यक्तिगत रुपमा माया गरेर होइन, एउटा पेसाकर्मीलाई हतोत्साहित गर्न पाइँदैन भनेर उहाँहरुले लेख्नु भएको हो,’ पुनले भनेका छन् । उनले आगामी दिनमा पनि देश र जनताको स्वास्थ्यमा नियमित योगदान दिने र संक्रामक रोगको विषयमा जनतालाई नियमित सुसूचित गराउने कुरामा आफू निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।
डा.पुनसँगको विस्तृत अन्तर्वाता आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
Facebook Comments

हरेक खबर खास खबर