१८ मंसिर २०७८, शनिबार
गृह बन्दुक आक्रमणबाट प्रहरीसहित १३ जनाको मृत्यु
बन्दुक आक्रमणबाट प्रहरीसहित १३ जनाको मृत्यु

काठमाडौं । क्यानडामा बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा एक महिला प्रहरीसहित १३ जनाको ज्यान गएको छ । हिजो भएको यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ । ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएका हुन् ।

१२ घण्टाको प्रयासपछि उनी प्रहरीको गोलीबाट मारिएका छन् । उनले आक्रमण गर्दा एक ठाउँमा आफूलाई प्रहरीको जस्तै पोशाकमा प्रस्तुत गरेका थिए भने गाडीलाई पनि प्रहरीको गाडी जस्तै बनाएका थिए । प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको जनाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर