२२ मंसिर २०७८, बुधबार
गृह अझै तीन दिन चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने
अझै तीन दिन चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने

काठमाडौं । अझै केहिदिन प्री मनसुनको समय सक्रिय रहने भएको छ । केही दिनयता प्रिमनसुन सक्रिय भएकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्न थालेको मौसमविद्ले बताएका छन् ।

अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । यसकै प्रभावले अबको तीन दिन देशका केही ठाउँमा मेघगर्जन हुरीबतास र असिनासहित पानी पर्ने उनले बताए । यस्तै प्रिमनसुनमा नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने उनको भनाइ छ ।


आज देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ दिउँसोपछि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका धेरै ठाउँमा चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।

Facebook Comments

हरेक खबर खास खबर