१७ मंसिर २०७८, शुक्रबार
गृह नगरपालिकाले राहत दिएपछि जंगलबाट फर्किए डडेल्धुराका राउटे समुदाय
नगरपालिकाले राहत दिएपछि जंगलबाट फर्किए डडेल्धुराका राउटे समुदाय

डडेल्धुरा । सरकारले गरको लकडाउनका कारण छाक टार्न समस्या भएपछि कन्दमूल खाएर छाक टार्न सहज हुने भन्दै एक साताअघि जङ्गल पसेका राउटे समुदाय गाउँ फर्कि एका छन् । डडेल्धुराको परशुराम नगरपालिका–१२ आमपानीका १२ घरधुरीका राउटे परिवार राहत पाउने भएपछि गाउँ फर्किएका हुन् ।

‘लकडाउनका कारण छाक टार्न समस्या भएपछि तरुल र गिठ्ठा खाएर पेट पाल्न गाउँ छाडेर करिब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जङ्गलमा आएका थियौँ,’ चन्द्रसिंह राउटेले भने, ‘अब नगरपालिकाले राहत दिने भनेपछि शनिबार घर फर्किएका छौँ ।’ बन्दका कारण गाउँमा मजदुरी गर्न नपाउँदा बाँच्न गाह्रो परेको अनिता राउटेले बताइन् ।


परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले जङ्गल पसेका राउटेलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराएको समेत बताएका छन् । नगरप्रमुख साउदले भने, ‘राउटेले खाद्यान्न अभावका कारण जङ्गल पस्नुपर्ने अवस्था रहँदैन ।

उनीहरूले गाई, बाख्राका गोठ तथा खोर निर्माणको निहुँमा चुरेक्षेत्रको वन फँडानी गर्दै दर्जन बढी टहरा बनाएका थिए । ती टहरा सबडिभिजन वन कार्यालय जोगबुडा, डङ्सेरा सामुदायिक वनलगायतको टोलीले जलाएको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताए ।

Facebook Comments

हरेक खबर खास खबर