१८ मंसिर २०७८, शनिबार
गृह छोराले कुटपिट गर्दा बाबुको मृत्यु
छोराले कुटपिट गर्दा बाबुको मृत्यु

धनुषा । धनुषामा एक युवकले आफ्नै वुवाको हत्या गरेका छन् । रकमसम्बन्धी बादविवादमा जिल्लाको शहीद नगरपालिका ९ बिर्ताका ५५ वर्षका सौखी सदालाई छोरा २९ वर्षका नथुनी सदाले घरेलु हतियारले हिर्काउँदा अाइतबार राति मृत्यु भएको हो ।

हत्या गरेर फरार भएका नथुनीलाई साेमबार बिहान ४ बजेतिर गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर