१७ मंसिर २०७८, शुक्रबार
गृह दूध विक्रि नभएपछि बाँड्न थालियो
दूध विक्रि नभएपछि बाँड्न थालियो

रुपन्देही । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उद्योग, व्यवसाय बन्द हुँदा बजारमा कतिपय उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।आपूर्ति कम भएपछि वस्तुको मूद्यय पनि बढेको छ । तर, दूधको हकमा भने अवस्था उल्टो छ । दूधको बढी खपत हुने चिया पसल, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, स्कुल बन्द भएपछि बिक्री ७० प्रतिशतले घटेको छ । उत्पादित दूध बिक्री नभएपछि किसान र डेरी उद्योगहरूलाई पिरलो हुन थालेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझण्डी स्थित सालझण्डी दुग्ध उत्पादक सहकारीले किसानबाट खरिद गरेको दूध बिक्री नभएपछि सर्वसाधारणदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीसम्मलाई निःशुल्क बाँडेको छ । डेरीले साढे पाँच सय किसानबाट दैनिक चारहजार पाँच सय लिटरदेखि पाँचहजार लिटरसम्म दूध संकलन गर्ने गर्दछ । डेरीका अध्यक्ष तिलकराम घिमिरेले दुध खेर फाल्नुभन्दा घाटा सहेरै नबिकेको दूधको क्रिम निकाल्ने र निशुल्क बाँड्ने गरेको बताएका छन् ।


सुरुका एक दुई दिन सहकारीबाटै दूध बाँडेको भए पनि भिड थाम्न नसकेपछि सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्की र वडा अध्यक्षहरूलाई फोन सम्पर्क गरेर वडा कार्यालय मार्फत बाँड्न थालेको घिमिरेले बताए । दैनिक सरदर दुईहजार लिटरका दरले दूध बाँडिने गरिएको छ । हिजो मात्रै पनि मुख्यमन्त्री शंकर पोखरेलको निवासमै र अन्य मन्त्रालयको प्राङ्गणमै ट्याङ्कर र्पुयाएर दूध बाँडेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर