१८ मंसिर २०७८, शनिबार
गृह प्रधानमन्त्रिको आँखा र कान जचाउन उपयुक्त : गगन थापा
प्रधानमन्त्रिको आँखा र कान जचाउन उपयुक्त : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीको आँखा र कान परीक्षण गराउन उपयुक्त हुने बताएका छन् । सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरुलाई दिएको अन्तर्वार्तामा उनले श्रमिकहरुले पाएको दुःखबारे भएको चर्चालाई ‘कर्कश’ भनेका थिए । लकडाउनमा कैयौं नागरिकले पाएका दुःख तथा हैरानीका फोटो तथा भिडियो प्रशारण गर्ने सञ्चार माध्यमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रहस्यपूर्ण भनेका थिए ।थापाले ट्विटरमार्फत त्यसैमाथि कटाक्ष गरेका हुन् ।

‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनिु ठान्ने हो भने प्रधानमन्त्रीज्यू , आँखा र कान परीक्षण गराउन उपयुक्त होला’, थापाले लेखेका छन्।

Facebook Comments

हरेक खबर खास खबर