२२ मंसिर २०७८, बुधबार
गृह कैलालीमा भरुवा बन्दुक सहित श्रीमती प्रकाउ, श्रीमान फरार
कैलालीमा भरुवा बन्दुक सहित श्रीमती प्रकाउ, श्रीमान फरार

कैलाली । कैलालीमा भरुवा बन्दुक र सालको काठसहित एक महिलालाई प्रहरिले प्रकाउ गरेको छ । हिजो जिल्लाको मोहन्याल गाउँपालिका –३ बिसौनास्थित चन्द्रराज गिरिको घरमा प्रहरिले छापा मारेको थियो । सोहि क्रममा प्रहरीले उनको घरबाट २ नाले बन्दुक र ३६ .९ क्युफिट सालको काठ बरामद गरेको हो ।
प्रहरीले चन्द्रराज गिरीकी श्रीमती ४५ बर्षीया धनसरा गिरीलाई प्रकाउ गरको छ । चन्द्रराज भने फरार रहेको जिलला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्ष बस्नेतले जानकारी दीए । प्रहरीले चन्द्रराजको खाजीतलासी गर्दै घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

हरेक खबर खास खबर