१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना जितेका युवक भन्छन, हिम्मत राखे कोरोना सीत जितिन्छ
कोरोना जितेका युवक भन्छन, हिम्मत राखे कोरोना सीत जितिन्छ

धनगढी । विश्व भरिनै महामारीको रुपमा फैलिएको र धेरैको ज्यान लिइसकेको कोरोना भाइरसलाई कैलाली लम्कीका २१ वर्र्षीय राज विकले संक्रमण पुष्टि भएको १६ दिनमै कोरोना संग जिते । सेती प्रादेशिक अस्पतालले दुई पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आइतबार बेलुकी घर पठायो ।

लकडाउनको पहिलो दिन चैत ११ गते भारतको मुम्बईबाट आएका उनलाई १२ गते लम्कीचुहा नगरपालिका ९ मा रहेको सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो । नेपाली सेनाको अस्पताल छाउनीको टोलीले संकलन गरेको थ्रोट स्वाबमा उनको कोभिड १९ रिपोर्ट पोजेटिभ देखियो । त्यसपछि उनलाई चैत २२ गते नै सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको थियो । अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेका अनुसार शनिबार र आइतबारको स्वाब परीक्षणमा दुवै रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको हो ।
अस्पताले युवकको सहमतिमा पत्रकार सम्मेलन गरी उनलाई घर पठायो । कोरोना जितेका युवकलाई अस्पतालबाट विदाई गर्न प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी पनि अस्पताल पुगेका थिए ।


मन्त्री सुबेदी, मेसु पाण्डे, उपचारमा खटिएका चिकित्सकहरु डा शेरबहादुर कमर र डा जगदिश जोशीले पुष्पगुच्छा दिएर उनलाई बिदाई गरे । अस्पतालबाट विदाई हुनुअघि पत्रकारहरुसँग कुराकानी गर्दै विकले, हिम्मत नहारे कोरोना जितिने प्रतिक्रिया दिए ।‘हिम्मत राख्नुस, कोरोना जितिन्छ’ उनले भने । ‘सुरुमा त म पनि ‘होपलेस’ भएको थिए, तर स्वास्थ्यकर्र्मीहरुको मनोबल बढाउने कार्यले हौसला आयो ।’ उनले सबैलाई सचेत रहन र आफ्नो ‘केयर’ आफैँ गर्न आग्रह गरे ।

‘मलाई थाहा थिएन कि मलाई कोरोना र्सयो भनेर । मलाई अहिलेसम्म रुघाखोकी पनि लागेको छैन, न ज्वरो नै आएको छ तर पनि म पोजेटिभ रहेछु’ उनले भने । ‘त्यसैले म सबैलाई के भन्न चाहन्छु भने लक्षण नदेखिए पनि यो रोग सर्न सक्छ, त्यसैले आफैँ केयर गर्नुहोला ।
अस्पतालबाट घर जाने बेला निकै खुसी देखिएका उनले, अस्पतालमा चिकित्सक र अरु स्वास्थ्यकर्र्मीको राम्रो व्यवहारले पनि हौसाला मिलेको बताए । सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत उनको लम्कीस्थित घर पठाइएको हो । साथै चिकित्सकहरुले उनलाई घरमा पनि १५ दिनसम्म सेल्फ आइसुलेसनमा बस्न भनेका छन ।

Facebook Comments

हरेक खबर खास खबर