१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउनका बेला गुल्मीमा आगलागी, कान्छो छोराको मृत्यु जेठो छोरा भाँगेर बाँँचे
लकडाउनका बेला गुल्मीमा आगलागी, कान्छो छोराको मृत्यु जेठो छोरा भाँगेर बाँँचे

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा आज दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा न. ४ शान्तिपुर बसपार्कस्थित पूर्ण बहादुर खनालको घरमा आगलागी भएको हो ।

आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षय समिर खनालको मृत्यु भएको छ । पूर्णबहादुर र उनकी श्रीमती रुपा खनाल आगलागीमा परी गम्भीर घाइते छन् । गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीका अनुसार खाद्यान्न र ग्यासको समेत पसल रहेको साढे दुई तलाको पक्की घर पूर्ण रूपमा क्षति भएको छ ।


घरको भुइँतलामा रहेका समिरको घटनास्थलमै मृत्यु भएको छ भने उनका बुवाआमा दुवै जना घाइते भएकोले उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाइएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए ।

जेठो छोरा भने घरको माथिल्लो तलामा रहेको कारण छतबाट बाहिर हाम फालेर ज्यान जोगिएको अध्यक्ष खत्रीले बताए । आगलागीपछि ग्याँसको सिलिण्डर पड्किँदा घरमा बढी क्षति भएको अध्यक्ष खत्रीले जानकारी दिए । आगलागी कसरी भयो यसबारे आफूलाई थाहा नभएको उनले बताए ।

Facebook Comments

हरेक खबर खास खबर