१८ मंसिर २०७८, शनिबार
गृह नेपालमा अब पार्टी फुटाउन सजिलो हुने
नेपालमा अब पार्टी फुटाउन सजिलो हुने

काठमाडौं । सरकारले कुनै पनि राजनीतिक दल विभाजनका लागि खुकुलो प्रावधानसहितको अध्यादेश मन्त्रिपरिषद्को बैठकबाट पारित गरको छ । आज दिउँसो प्रधानमन्त्रिको सरकारि निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कुनै पनि पार्टीको संसदीय दल वा केन्द्रीय कमिटीमध्ये कुनै एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश पारित गरेको हो ।

अहिलेको व्यवस्था अनुसार कुनै पनि पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत हुनै पर्ने प्रावधान छ । तर प्रधानमन्त्रीले अब यी दुईमध्ये एकमा मात्रै ४० प्रतिशत पुगेमा पार्टी फुटाउन पाइने व्यवस्थासहितको अध्यादेश पारित गरेर राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेका छन् । यो संगै अब कुनै पनि पार्टी फुटाउन सजिलो हुने भएको छ ।


कुनै पनि दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन । यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा ९२० बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन सक्ने छैन ।

पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै भेला

बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।
बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ गएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेकपाभित्रको आन्तरिक किचलो बल्झेको स्रोतले बतायो ।

Facebook Comments

हरेक खबर खास खबर