२२ मंसिर २०७८, बुधबार
गृह बेमौसमी बाजा नबजाऔं- प्रवक्ता शर्मा
बेमौसमी बाजा नबजाऔं- प्रवक्ता शर्मा

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बेमौसमी बाजा नबजाउन सरकारलाई सुझाव दिएको छ । सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेलगत्तै कांग्रेसले बेमौसमी बाजा नबजाउन सरकारलाई सुझाव दिएको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सञ्चार माध्यमहरूबाट सार्वजनिक भएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमा अहिलेको प्राथमिकता कोरोनामाथि विजय हासिल गर्नु भएको स्मरण गराएका छन् ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

उनले लेखेका छन्, “बेमौसमी बाजा नबजाऔं । संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ । जय नेपाल ।”
Facebook Comments

हरेक खबर खास खबर