१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउनका कारणले अलपत्र परेका नागरिको उद्धार गर्न सुरु
लकडाउनका कारणले अलपत्र परेका नागरिको उद्धार गर्न सुरु

सुर्खेत । सुर्खेतको पश्चिममा रहेको चौकुने गाउँपालिकाले कोरोना भाइरस (९कोभिड १९) बाट जोगिन घोषणा गरिएको लकडाउनका कारणले घर फर्किन नपाएको र बाटोमैं अलपत्र परेका गाउँपालिका भित्रका नागरिकहरूको उद्धार गर्न सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार रोजगारीका लागि काठमाडौं वा अन्य कामले जिल्लाबाहिर रहेका नागरिकको उद्धार गर्न सुरु गरिएको हो । ‘अलपत्र परेका गाउँवासीलाई सम्पर्कमा ल्याउन सूचना जारी गर्दै आफू बसेको स्थानका बारेमा जानकारी दिन आग्रह गरेका छौँ,’ उनले भने, ‘भारतबाट फर्किदा झापा र मोरङबाट बैशाख ५ गते गाउँपालिकाका ३१ जना मजदुरलाई उद्धार गरी ल्याएका छौ ।
गाउँपालिकामा बाहिरबाट ल्याइएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जानकारी अध्यक्ष शाहीले दिए । अन्य जिल्लासँग जोडिएका सबै पुल, डुङ्गाहरू समेत पूर्णरूपमा बन्द गराइएको छ । देशभित्रका नागरिकलाई मात्र नभएर भारतमा समेत अलपत्र परेका नागरिकको उद्धार तथा रातहको व्यवस्था गर्न फोन वा एसएमएस गर्न सकिने अध्यक्ष शाहीले बताए ।


काठमाडौं अन्य कुनै पनि जिल्लामा रहेका चौकुने गाउँपालिकाले स्थानीयले गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको मोबाइल नं ९८५११३७८०९, उपाध्यक्ष निर्मला मगर ९८४८१६०७८३, प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेल ९८५८०४७३३३ र काठमाडौंमा रहेका तपेन्द्र क्षेत्रीको मोबाइल नं ९८६६६०३०४६ मा सम्पर्क गर्न गाउँपालिकाले सूचनाबाट आह्वान गरेको छ ।

Facebook Comments

हरेक खबर खास खबर