१८ मंसिर २०७८, शनिबार
गृह लकडाउन उल्लंघन गर्ने १ हजार ५४४ जना प्रकाउ
लकडाउन उल्लंघन गर्ने १ हजार ५४४ जना प्रकाउ

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय ७३ महिलासहित १ हजार ५४४ जना प्रहरीको कारबाहीमा परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सोमवार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको हो ।

यसैगरी, २ सय ८५ वटा दुई पाङ्ग्रे र १३ वटा चारपाङग्रे गरी २ सय ९८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।


कोरोना भाइरस कोभिड(१९) को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

Facebook Comments

हरेक खबर खास खबर