१८ मंसिर २०७८, शनिबार
गृह अलिकति पनि लक्षण नै नदेखिई आमाबाट १७ छोराछोरीमा र्सयो कोरोना भाइरस
अलिकति पनि लक्षण नै नदेखिई आमाबाट १७ छोराछोरीमा र्सयो कोरोना भाइरस

अमेरिका । अमेरिकाको न्युयोर्ककी ब्रिटानी जेनिकबाट उनका १७ छोराछोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । द सेनका अनुसार उनीसहित १७ छोराछोरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । जेनिकले १८ मध्ये परिवारविहिन अधिकाँश बालबालिकालाई छोराछोरीको रुपमा पालेकी छिन्। ।

अमेरिका हाल कोरोना भाइरसले सबैभन्दा बढी संक्रमित देश हो । अमेरिकामा पनि न्युयोर्क ज्यादै प्रभावित क्षेत्र हो । कोरोना भाइरसको लक्षण नै नदेखिई जेनिकबाट छोराछोरीमा कोरोनाको संक्रमण भएको चिकित्सकहरुले बताएका छन्। ।
कोरोनाको संक्रमण भएपछिको पाँच हप्तासम्म पनि जेनिकमा कोरोनाको लक्षण नदेखिएको र सोही अवधिमा उनीबाट छोराछोरीमा कोरोना सरेको जनाइएको छ । आफूमा कसरी कोरोनाको संक्रमण भयो भनेर जेनिकलाई थाहा छैन । तर आफूसहित छोराछोरीमा कोरोना संक्रमण भएपछि उनी डरलाग्दो अवस्था सिर्जना भएको बताउँछिन्। ।
हाल उनीहरु सबैको उपचार भइरहेको छ । हाल अमेरिकामा ७ लाख १० हजार २७२ कोरोना संक्रमित छन्। भने ३७ हजार १७५ को मृत्यु भइसकेको छ ।


Facebook Comments

हरेक खबर खास खबर