१७ मंसिर २०७८, शुक्रबार
गृह प्रधानमन्त्रि र राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्रि र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्रि केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवलाय बैठक पश्चात् प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल निवास गएका थिए ।

प्रधानमन्त्री ओली नेकपाको सचिवालय बैठक सकाएर राष्ट्रपतिलाई भेट्न शितल निवास गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।


यसअघि सोमबारै सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरिसकेकी छन् । जसमा राजनीतिक दल विभाजनलाई खुकुलो बनाउने अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलका नेताको उपस्थिति अनिवार्य नहुने सम्बन्धि अध्यादेश रहेको छ ।

Facebook Comments

हरेक खबर खास खबर