२२ मंसिर २०७८, बुधबार
गृह काँग्रेसले किन बोलायो आकस्मिक बैठक
काँग्रेसले किन बोलायो आकस्मिक बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्ने भएको छ । पार्र्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनबारे छलफलका लागि बैठक बोलाइएको हो ।
बैठक मंगलबार विहान ९ बजे पार्र्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने छ । कोरोनाको संक्रमणसंग विश्व एक भएर लडिरहेका बेलामा सरकारले जारी गरेका दुबै अध्यादेशप्रति काँग्रेसको गम्भीर असहमति रहेको छ । संवैधानिक परिषद्मा प्रतिपक्षी दलका नेतालाई बाइपास गरिनुलाइ काँग्रेसले संविधानमाथिको प्रहरका रुपामा लिएको छ । सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले काँग्रेस थप सशंकित बनेको छ ।

Facebook Comments

हरेक खबर खास खबर