१८ मंसिर २०७८, शनिबार
गृह करेन्ट लागेर २ जनाको मृत्यु, ७ घाइते
करेन्ट लागेर २ जनाको मृत्यु, ७ घाइते

धादिङ । धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका ३ मल्दुङमा गएराति पौने ११ बजे ट्रान्समिटर पड्किएर भएको घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्था र दुई जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

ट्रान्समिटर पडकिएर हाई भोल्टेज विद्युत प्रशारण हुन हुँदा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षका सानोमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर