१८ मंसिर २०७८, शनिबार
गृह फोनमा कुरा गर्दागर्दै पैंसा सकियो? शुन्य ब्यालेन्समा फोन गर्न यसो गर्नुहोस
फोनमा कुरा गर्दागर्दै पैंसा सकियो? शुन्य ब्यालेन्समा फोन गर्न यसो गर्नुहोस

काठमाण्डौ । नेपाल टेलिकमले मोबाइलमा पैसा सकिएकाहरुको लागि सित्तैमा सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुका साथै रिचार्ज कार्ड किन्न नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । शून्य ब्यालेन्स भएको र पटक पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ ।

आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ । यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भनेर यो ब्यबस्था गरिएको हो । टेलिकमले २५ एसएमएस, ५० मिनेट भ्वाइस प्याक र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको हो ।


Facebook Comments

हरेक खबर खास खबर