१८ मंसिर २०७८, शनिबार
गृह विपतमा परेकाको उद्धार गर्दै धुर्मुस सुन्तली
विपतमा परेकाको उद्धार गर्दै धुर्मुस सुन्तली

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका नेपालीलाई धुर्मुस सुन्तली फाउन्डेसनले सहयोग गर्ने भएको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले यसबारेमा जानकारी दिए । उनले सबै मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्ने भन्दै सहयोग र समन्वयकारी भूमिका खेल्ने बताए ।
सरकारले गरेको लकडाउनका कारण हजारौं मजदुर अलपत्र परेका छन्। । दैनिक काम गरेर गुजारा चलाउने वर्गमा आर्थिक संकट देखिएको छ । ‘यो संकट र महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो, हामी पनि लकडाउनको पालना गरी घरबाट नै विभिन्न सन्देशमूलक सामग्रीहरु बनाइरहेको जानकारी धुर्मुसले जनाएका छन । ‘कोरोना संक्रमणका कारण लकडाउन लम्बिँदै गर्दा धेरै जनामा अभाव र संकट सिर्जना भएको छ, अब यो समयमा सबैजना मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्छ ।’
उनले यो आपतकालिन परिस्थितिमा यदि कोही संकट र अभावमा भए सहयोग गर्न अनुरोध पनि गरेका छन्। । उनले धुर्मुस सुन्तली फाउण्डेसनका तर्फबाट भनेका छन ‘विपतमा पर्नुभएकालाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छौं ।’

Facebook Comments

हरेक खबर खास खबर