१८ मंसिर २०७८, शनिबार
गृह क्वारेन्टाइनबाट ३ जना फरार
क्वारेन्टाइनबाट ३ जना फरार

काठमान्डौ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ मा रहेको क्वारेन्टाइनबाट मंगलबार विहान तीन जना भागेका छन् । भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका अन्य २ जनासहित ३ जनालाई हिजो बेलुकी क्वारेन्टाइनमा राखिएको थियो । तर,उनीहरु क्वारेन्टाइनबाट भागेको कावासोती वडा न १ का वडा अध्यक्ष नारायण पन्तले जानकारी दिए ।

उनीहरुलाई प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार ३ दिन अघि भारतको लुदियानाबाट घर आइपुगेका थिए । कावासोती नगरपालिका भित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गरिरहेका छन् ।


फरार रहेका व्यक्तिको अहिले नगर प्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिए । कावासोतीमा हालसम्म २० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जना घर फर्किएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर