१८ मंसिर २०७८, शनिबार
गृह कोरोना संक्रमित राखिएको आइसोलेसनको पर्खाल भत्कियो
कोरोना संक्रमित राखिएको आइसोलेसनको पर्खाल भत्कियो

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा सोमबार रातिको हावाहुरीले भत्काएको छ । कोरोनाका चार जना संक्रमितहरु उपचार गराइरहेको आइसोलेसन वार्डको २ तिर एल्मुनियम र सिसाले बनाइएको पर्खाल हावाहुरीले भत्काइ दिएको हो ।
आइसोलेसन वार्डको पर्खाल भत्किएपछि वार्डमा रहेका चार संक्रमितलाई सोमबार राति नै आइसीयु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट डाक्टर मदन उपाध्यायले बताए । हावाहुरीले वार्डको २ तिरको पर्खाल भत्काएर वार्डभित्रै पानि पसेपछि तत्कालै संक्रमितलाई आइसीयु वार्डमा सारेर उपचार गरिरहेका छौं, मेसु उपाध्यायले भने । चिकित्सकको आग्रहमा जगदम्बा ग्रुप, रुङगटा वेयल फेयर सोसाइटी र लायन्स क्लब वीरगन्जले २ हप्ता पहिले नारायणी अस्पतालको आकस्मिक कक्ष भवन माथिको छतमा १० लाख रुपैयाँको लागतमा २० शैय्याको आइसोलेसन वार्ड निर्माण गरिएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर