१७ मंसिर २०७८, शुक्रबार
गृह डडेल्धुरामा फेरी पासो लगाएर मारिएको गाई भेटियो
डडेल्धुरामा फेरी पासो लगाएर मारिएको गाई भेटियो

डडेल्धुरा । डडेल्धुरामा पुनः भुण्ड्याएर मारिएको अवसथामा गाइको शव र कंकाल भेटिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका– १ मा पासोमा झुण्ड्याएर मारिएको एक गाइको शव र कंकाल फेला परेको हो ।

महादेव सामुदायिक वन र रानीवन सामुदायिक वनको सीमाको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा गाईको शव भेटिएको स्थानीय दत्तराज अवस्थीले जानकारी दिए ।गाईको हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ। यसअघि चैत्र ६ गते पनि देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिव आधा दर्जन गाइ झुन्डिएको अवस्थामा र बंगारा भेटिएको थियो ।


  • युनिटी खबर
Facebook Comments

हरेक खबर खास खबर